Connect with us

अन्तर्राष्ट्रिय

अमेरिकामा ह्वाइट हाउसनजिक गोलाबारी, दुई राष्ट्रिय गार्डसहित थुप्रै घाइते

Published

on

अमेरिकाको वासिङ्टन डीसीमा ह्वाइट हाउसनजिकैको उच्च सुरक्षा क्षेत्रमा गोलाबारी भएको छ । यो गोलाबारीमा दुईजना राष्ट्रिय गार्डसहित धेरै व्यक्ति घाइते भएका छन् । स्थानीय समय अनुसार बुधबार वासिङ्टन डीसीको डाउनटाउन इलाकामा यो घटना भएको बताइएको छ ।

घटनापछि प्रहरीले सम्बन्धित क्षेत्र तुरुन्तै घेराउ गरेको र सामान्य नागरिकहरूलाई त्यस क्षेत्रबाट टाढा रहन अनुरोध गरेको छ । अधिकारीहरूले दुई वेस्ट भर्जिनिया राष्ट्रिय गार्ड सदस्यहरू गम्भीर घाइते भएका बताएका छन् । वासिङ्टन डीसीकी मेयर मुरिएल बाउसेरले यो आक्रमण लक्षित गोलाबारी भएको बताएका छन् ।

यो घटनासँग सम्बन्धित अधिकारीहरूले सीएनएनलाई जानकारी दिँदै प्रारम्भिक पहिचानअनुसार आक्रमणकारी अफगानिस्तानबाट सन् २०२१ मा अमेरिकामा आएका व्यक्ति भएको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले अपराधविरुद्धको अभियानअन्तर्गत धेरै राज्यका राष्ट्रिय गार्डहरू महिनौँदेखि वासिङ्टन डीसीमा तैनाथ रहेको बताएका छन् । यसको विस्तार देशका अन्य सहरहरूमा पनि गरिएको बताएका छन् ।

ह्वाइट हाउसनजिक गोलीबारी भएपछि राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिँदै भने, “जो जनावरले दुई राष्ट्रिय गार्डलाई गोली हान्यो, उसले ठूलो मूल्य तिर्नुपर्नेछ । दुवै राष्ट्रिय गार्ड गम्भीर रूपमा घाइते भएका छन् र दुई फरक अस्पतालमा भर्ना भएका छन् ।”
सीएनएन

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.