Connect with us

अन्तर्राष्ट्रिय

हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी आन्दोलनको घोषणा

Published

on

बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई दिइएको मृत्युदण्ड सजायको विरोधमा देशव्यापी आन्दोलनको घोषणा भएको छ । उनको पार्टी अवामी लिगले हिजोदेखि नोभेम्बर ३० सम्म देशभर विरोध प्रदर्शन र प्रतिरोध मार्च निकाल्ने घोषणा गरेको हो ।

पार्टीले हसिनालाई तोकिएको सजायलाई अवैध न्यायाधिकरणको अवैध फैसला बताउँदै यसलाई राजनीतिक षड्यन्त्र बताएको छ । नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई मानवताविरुद्धको कसुरमा फाँसीको सजाय सुनाएको थियो ।

दुवै नेताको मुद्दा उनीहरूको अनुपस्थितिमा चलाइएको थियो । हसिना हाल भारतमा छिन् भने कमाल पनि भारतमै लुकेको हुनसक्ने आशंका गरिएको छ ।

गत वर्ष अगस्ट ५ मा विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनमा हसिना सरकारले दमन गर्दा लगभग १४ सय मानिस मारिएका थिए । त्यसपछि आन्दोलनले उग्र रुप लिँदा शेख हसिना पदच्यूत भएकी थिइन भने उनी देश छाडेर भाग्नुपर्ने स्थिती सिर्जना भएको थियो ।
एजेन्सीहरु

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.