Connect with us

समसामयिक

पोखरामा बुद्ध एयरको विमानमा चरा ठोक्कियो

Published

on

अवतरणका क्रममा बुद्ध एयरको एउटा विमान शनिबार (मंसिर १३) चरासँग ठोक्किएको छ । काठमाडौंबाट पोखरा उडान भरेको बुद्धको विमान त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको हो।

चरा ठोक्किए पनि यात्रु र चालक दल सुरक्षित रूपमा अवतरण भएको बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार, विमानको प्राविधिक परीक्षण जारी छ । दुई हप्ताअगाडि पनि पोखरामा बुद्धकै विमानमा चरा ठोक्किएको थियो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.