Connect with us

समसामयिक

एनपिएलः जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा

Published

on

साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ। आज शनिबार चार बजेपछि भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई सात विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो। एनपीएलमा लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ।

पाँच खेलबाट १० अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा छ। सुदूरपश्चिमले लिग चरणमा चितवन, विराटनगरसँग खेल्न बाँकी छ। लगातार चौथो खेलमा हार भोगेसँगै साविक विजेता जनकपुर बोल्ट्सको प्लेअफमा पुग्ने सम्भावना कठिन भएको छ। जनकपुरले अब चितवन राइनोज, लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.