नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादित एवम् निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिञ्चोकमा हेलिपोर्ट निर्माण गर्दा अधिकारीसहित सात जना भ्रष्टाचारमा संलग्न भएको विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अधिकारीसहितको मुद्दामा आज विशेष अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको हो। अस्ति शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेलले हेर्न नमिलेकाले सुनुवाइ भएको थिए।
अख्यितारले १घ मंसिरमा उनीहरूविरुद्ध १३ करोड ५७ लाख ४६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्धा दायर गरेको थियो।