Connect with us

राजनीति

पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्दै

Published

on

प्रधानमन्त्री सुशीला कार्कीले पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन्। आज शुक्रबार उनले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीको शपथ खुवाउँदै छिन् ।

शर्माको शपथ आजै दिउँसो २स्३० बजे हुने बताइएको छ । शर्माको शपथपछि कार्की मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ। संविधानमा उल्ल्ेख भए अनुसार अझै १० जना मन्त्री बन्न सक्नछन् । रक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी अझै प्रधानमन्त्री कार्कीसँगै छ ।


यस्तो छ मन्त्रीको सूची

१. सुशीला कार्कीः प्रधानमन्त्री (रक्षा र खानेपानी मन्त्रालयको पनि जिम्मेवारी)

२. रामेश्वर खनालः अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन

३. कुलमान घिसिङः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास

४. ओमप्रकाश अर्यालः गृह

५. अनिलकुमार सिन्हाः उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

६. महावीर पुनः शिक्षा, विज्ञान तथा प्रविधि

७. मदन परियारः कृषि तथा पशुपन्छी विकास

८्. जगदीश खरेलः सञ्चार तथा सूचना प्रविधि,

९. सुधा गौतमः स्वास्थ्य तथा जनसंख्या

१०. बब्लु गुप्‍ता स् युवा तथा खेलकुद

११. कुमार इङ्नामः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

१२. राजेन्द्रसिंह भण्डारीःः श्रम, रोजगार तथा सामाजिक सुरक्षा

१३. माधव चौलागाईंः वन तथा वातावरण

१४. श्रद्धा श्रेष्‍ठः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

१५. बालानन्द शर्माः परराष्ट्र मन्त्री

शर्माको वरीयता भने निर्धारण हुन बाँकी छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.