Connect with us

राजनीति

सरकारले हामीलाई युद्धमा धकेल्ने प्रयास गर्यो: विप्लव

Published

on

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरेको आरोप लगाएका छन् ।

आज शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कपिलवस्तु र अर्घाखाँचीमा रहेका पार्टीका श्रम शिविरहरूमा प्रहरीले अपरेशन गरेको भन्दै यो कार्यलाई निर्वाचन होइन, युद्ध निम्त्याउने चेष्टाको रूपमा लिएको बताए । उनले तत्काल प्रहरी फिर्ता नबोलाए सरकारविरुद्ध कडा संघर्षमा उत्रने चेतावनी दिए ।

उनले भने, ‘हाम्रो केन्द्रीय कम्युनमा प्रहरी अपरेशन भएको छ । सुशीलालाई स्पष्ट प्रश्न गर्छु- तिमीहरूले चुनाव चाहेको हो कि युद्ध रु राम्ररी सुन, गृहमन्त्री र प्रधानमन्त्रीले पनि ध्यान देऊन ।’ उनले पार्टी शान्तिपूर्ण रूपमा निर्वाचनमा भाग लिन तयार रहेको, दल दर्ता गरी सम्पूर्ण मूल्य–मान्यता पालना गर्दै प्रतिस्पर्धामा उत्रिएको जोड दिए । तर सरकारले प्रहरीमार्फत दबाब दिएर पुरानो जनयुद्ध जस्तै अवस्था सिर्जना गर्न खोजेको उनको आरोप छ ।

उनले भने, ‘हामी जनतालाई शान्तिपूर्ण ढङ्गले राज्य हस्तान्तरण गर्न अपिल गर्दैछौं । यदि प्रहरी फिर्ता नगरेर अपरेशनको गल्तीमा माफी नमागे भने ठूलो मूल्य चुकाउनुपर्नेछ ।’ विप्लवले सरकारलाई शान्ति वा युद्धको स्पष्ट बाटो रोज्न आग्रह गरेका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.