Connect with us

राजनीति

विप्लव माओवादीको कम्युनबाट भारी बिष्फोटक सामग्री बरामद

Published

on

अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा विप्लवको केन्द्रीय कृषि फर्ममा छापा मारेर प्रहरीले जनयुद्धकालीन भारी हातहतियार र विष्फोटक पदार्थ बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट डिएसपी दिवश जिसीको कमाण्डमा ३१ जना र वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुबाट इन्स्पेक्टर आदर्श गिरी नेतृत्वको १८ जना गरी ५० जना सुरक्षाकर्मीले फर्ममा खानतलासी गर्दा निम्नानुसारका सामानहरु बरामद भएको बताइएको छ ।

गोरुसिङ्गे ब्यारेकबाट क्याप्टेन खेमराज विश्वकर्मा नेतृत्वको १० सदस्यीय बम डिस्पोजल टोलीले केही समय अघि ती सामग्री डिस्पोज गरेको छ । यता सरक्षाकर्मीले फर्ममा छापा मारेर ती विष्फोटक पदार्थ नियन्त्रणमा लिएपछि विप्लव समूह रिसले चुर भएको छ ।m विप्लव समूहमा प्रवक्ता प्रकाण्ड सीले विज्ञप्ति जारी गरेर विरोध जनाएका छन् ।

बरामद सामग्रीहरुः

१. ग्रिनेड-१४
२. भरुवा बन्दुक नाल-२
३. प्रेसर कुकर बम-१
४. ४० मि.मि लन्चरमा फिट हुने रकेट-३
५.बाल्टिन बम-१

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.