अमेरिका र चीनका राजदूत स्वदेश घर फर्कने क्रम चलिरहेका बेला नेपालका लागि दक्षिण छिमेकी मुलुक भारतका राजदूत नविन श्रीवास्तव पनि अहिले भर्खरै नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । कार्यकाल सकिनै लाग्दा उनले एअर इण्डियाको एआई उडान नम्बर २१८ बाट एकै छिनअगाडि नेपाल छाडेका हुन् ।
उनीसँगै श्रीमती पूर्णसाहिला, छोरीहरु भाव्या र सुरम्या पनि गएको बुझिएको छ । गत मंसिर २७ गते काठमाडौंको दक्षिणकाली नगरपालिका–९ स्थित भस्मेसुर डाँडाको जंगलमा हाइकिङ जाँदा अचानक लडेर बेहोस भएका साठी वर्षका श्रीवास्तवको हेलिकप्टरबाट उद्धार गरी टोखास्थित ग्राण्डी हस्पिटलमा मुटुको अपरेशन गरिएको थियो ।
त्यस यता पुस ४ गते अस्पतालबाट डिस्चार्ज भएर श्रीवास्तव लैनचौरस्थित दूतावासमा आराम गर्दै थिए । उनले साढे तीन बर्षअगाडि मन्जिवसिंह पुरीलाई बदली गरेका थिए ।