Connect with us

कांग्रेस

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चबाट आजै फैसला आउन सक्ने

Published

on

नेपाली कांग्रेसको आधिकारिकता विवादको रिटमा सर्वोच्च अदालतमा आज (वैशाख ४) मा पनि निरन्तर सुनुवाइ हुने भएको छ । हिजो बिहिबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएका कारण ‘हेर्दाहैर्दै’मा राखिएको छ ।

कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए । यहीबीचमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा १५औँ महाधिवेशनको कार्यतालिका ल्याइएको भन्दै खड्काले पूरक निवेदन समेत दिएका थिए ।

देउवा पक्ष र आयोगको तर्फबाट सरकारी वकिलको बहस सकिएको छ । शुक्रबार रिटमा विपक्षी बनाइएका कांग्रेस सभापति थापा र उपभापति विश्वप्रकाश शर्माका तर्फबाट प्रतिरक्षा हुने छ । रिट निवेदकका कानुन व्यवसायीले जवाफी बहस सकाएपछि सम्भवतः आज नै आदेश आउने सम्भावना छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.