Connect with us

अन्तर्राष्ट्रिय

पोर्चुगलकी उपविदेशमन्त्री आज नेपाल आउँदै

Published

on

पोर्चुगलकी उपविदेशमन्त्री डा. आना इसाबेल जेभियर नेपालको तीनदिने भ्रमणको सिलसिलामा आज (वैशाख १६) काठमाडौं आउँदै छिन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणमा उनी नेपाल आउन लागेकी हुन् ।

“परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा, उप–विदेशमन्त्री (विदेश मामिला तथा सहयोग सचिव) डा. आना इसाबेल जेभियर २९ अप्रिलदेखि १ मे २०२६ सम्म (वैशाख १६ गतेदेखि १८ गतेसम्म) नेपालको औपचारिक भ्रमणमा आउनुहुनेछ,” परराष्ट्र मन्त्रालयले हिजो मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल भ्रमणका क्रममा उनले बिहीबार (वैशाख १७ गते) परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । सोही दिन उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यी भेटघाटहरूको क्रममा दुवै पक्षले द्विपक्षीय सम्बन्धको स्थितिको समीक्षा गर्नेछन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.