बालेन्द्र सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। आज मंगलबार (बैशाख १५) अधिवक्ता प्रेमराज सिलवाल (विद्यावारिधि)ले सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले सम्पत्ति छानबिन आयोग गैर संवैधानिक भएकाले खारेज गर्न माग गरेका छन्। यो रिटमा भोलि (बैशाख १६) बुधबार पेसी तोकिएको छ।
सरकारले वैशाख ३ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको गरेको थियो। आयोगलाई २०६२ सालयताका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न कार्यादेश दिइएको छ। आयोगले कार्यालय खडा गरेर काम सुरु गरिसकेको जनाएको छ ।