Connect with us

राजनीति

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

Published

on

राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि राष्ट्रियसभाले धन्यवाद ज्ञापन गरेको छ ।

सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।

त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गरेका थिए ।

राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३० गते मध्याह्न १२ः१५ बजे बस्नेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.