Connect with us

अर्थ

यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन

Published

on

यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख २४ गतेसम्म रु एक करोड १६ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । चालु आवमा दुई करोड राजस्व सङ्कलनको लक्ष्य लिएकामा १० महिनामा उक्त रकम सङ्कलन भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए ।
सङ्कलित रकममध्ये यातायात क्षेत्रको आम्दानीतर्फ १५ लाख सात हजार ९२२, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरवापत चार लाख ३५ हजार ५२६, सवारीसाधन करतर्फ ५७ लाख तीन हजार ९०६ र प्रशासनिक दण्ड जरिवानामार्फत एक हजार ५७५ रहेको छ ।
कार्यालयमा चालु आवको साउनदेखि चैत मसान्तसम्म १९८ वटा सवारीसाधन दर्ता भएका छन् । सोही अवधिमा यातायात कार्यालयबाट जारी भएको सवारी चालक अनुमतिपत्रसम्बन्धी मोटरसाइकल–स्कुटर र मोपेड वर्ग (ए) अन्तर्गत १८८ वटा, कार, जीप, डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३९४ गरी जम्मा ६२० वटा चालक अनुमतिपत्र वितरण गरिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.