Connect with us

अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान

Published

on

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले होर्मुजको जलक्षेत्रमा इरान र अमेरिकाबिचको व्याप्त गोलीबारी बारे चिन्ता व्यक्त गर्दै आगामी दिनमा तनाव बढ्न नदिन संयमता अपनाउन आह्वान गरेका छन् ।

पत्रकारहरुसँगको सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले महासचिवले वर्तामान समयलाई सम्झौता र लागि महत्वपूर्ण क्षण भन्दै थप तनाव रोक्न सबै पक्षलाई अधिकतम संयमताका साथ अगाडी बढ्न आग्रह गरेका हुन् ।

गुटेरेसले सबै पक्षहरूलाई तनावलाई उत्पन्न गर्ने वा चलिरहेको कूटनीतिक प्रयासहरूलाई कमजोर पार्ने कुनै पनि कार्यबाट टाढा रहन आह्वान गरेको डुजारिकले बताएका छन् । शान्ति स्थापनार्थ भएका अनेकन प्रयासको वावजुत संयुक्त राज्य अमेरिका र इरानले , शुक्रबार, होर्मुजको जलक्षेमा आक्रमण तथा गोलीबारी गरे यछि महासचिव गुटेरेसको आह्वान आएको जनाइएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.