Connect with us

राजनीति

नीति तथा कार्यक्रमः बहुप्रकोप पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइने

Published

on

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले स्वचालित जल तथा मौसम केन्द्रको विस्तार गरी पूर्वानुमान प्रणाली सुदृढ बनाइने तथा बहुप्रकोप पूर्वसूचना प्रणालीलाई थप विश्वसनीय र प्रभावकारी बनाइने जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नागरिक एपमार्फत कृषि, यातायात, पर्यटन तथा उड्डयन क्षेत्रमा पूर्वचेतावनी सेवा विस्तार गरिने बताए । जल तथा मौसमसम्बन्धी तथ्याङ्कलाई डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै विपद्सम्बन्धी पूर्वसूचना प्रणाली विकास गर्ने घोषणा गरेको छ ।
सरकारले विपद्पश्चात् क्षतिपूर्ति, राहत तथा पुनर्निर्माण प्रक्रियामा बिमालगायत जोखिम हस्तान्तरणका उपकरणको प्रयोग विस्तार गर्ने नीति अघि सारेको छ । यातायात क्षेत्रमा व्यावसायिक प्रयोग विस्तार गर्न ग्रिन हाइड्रोजन पूर्वाधार सुरुआत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । तराई–मधेसका सिँचाइ सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोतमार्फत तथा पहाडी र हिमाली क्षेत्रका कृषियोग्य टारमा लिफ्ट प्रविधिमार्फत सिँचाइ सुविधा सुनिश्चित गरिने राष्ट्रपति पौडेलले बताए ।
सरकारले ठूला सिँचाइ प्रणालीको आधुनिकीकरण, मर्मतसम्भार तथा पुनस्र्थापना गर्दै उपभोक्ता सहभागितामा आधारित दिगो व्यवस्थापन प्रणाली विकास गर्ने जनाएको छ ।

Continue Reading

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.