Connect with us

समसामयिक

निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले ७ दिनको पारिश्रमिक सहयोग गर्ने

Published

on

निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले सरकारको राहत कोषमा सात दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

आयोगले अबिरल बर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोमा परी दिवगंत भएका सम्पूर्ण व्यक्तिहरुप्रति आयोग श्रद्धाञ्जली व्यक्त गर्दै बाढी पहिरोबाट पुग्न गएको अकल्पनीय क्षतिबाट पीडितहरुलाई राहत प्रदान गर्न सहयोग पुर्याउनको लागि आयोगका प्रमुख आयुक्त र आयुक्तहरुको ७ (सात) दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिएको छ । 

यसैगरी आयोगका सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारीहरुलाई स्वेच्छिक रुपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय समेत भएको छ । 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.