Connect with us

राजनीति

निर्वाचन आयोगबाट कांग्रेसमा गगन थापा पक्षलाई आधिकारिकता

Published

on

निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता प्रदान गरेको छ । निर्वाचन आयोगको अपरान्ह बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचन आयोगले थापा समूहलाई आधिकारिकता प्रदान गरेसँगै कांग्रेसको चार तारे झण्डा र रुख चुनाव चिन्ह थापाले पाएका छन् । आयोगका पदाधिकारीको बैठकमा बहुमतले यस्तो निर्णय गरेको हो ।

स्रोतका अनुसार थापा पक्षलाई आधिकारिता दिने विषयमा आयुक्त जानकी तुलाधरले फरक धारणा राखेकी थिइन् भने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सगुन जबरा को बहुमतले आधिकारिकता दिने निर्णय गरेको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.