नेपाली कांग्रेसका मिति र समयावधि गुज्रिएका नेताहरुलाई विशेष महाधिवेशनबाट ताजा जनादेश पाएका सभापति गगनकुमार थापाले एकताबद्ध भएर अघि बढ्न अपील गरेका छन् । आज साँझ निर्वाचन आयोगले विशेष महाधिवेशनको जनादेशलाई अद्यावधिक गर्दै थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि विज्ञप्ति जारी गर्दै उनले एकताबद्ध भएर अघि बढ्न अपील गरेका हुन् ।
थापाले विज्ञप्तिमा भनेका छन्, ‘विशेष महाधिवेशनमा सहभागी हुनुभएका(नहुनुभएका, सहमत हुनुभएका(नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु ( यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन ( कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं। विश्वास र भरोसा राख्नुहोस्स अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ।’