Connect with us

अन्तर्राष्ट्रिय

सर्बियामाथि स्पेनको शानदार जित

Published

on

काठमाडौँ ।युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले सर्बियामाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न समुह चार अन्तर्गतको खेलमा स्पेनले सर्बियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा आइमेरिक लापोर्टे, अल्भारो मोराटा र एलेक्स बाएनाले एक एक गोल गरेका थिए । यस खेलमा स्ट्राहिन्जा पाभ्लोभिकले खेलको ७६औं मिनेटमा रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा सिमित भएको थियो ।

त्यस्तै समुह चारकै अर्को खेलमा स्वीजरल्याण्ड र डेनमार्क २-२ गोलको बराबरीमा रोकिएका छन् । यस खेलमा स्वीजरल्याण्डका लागि रिमो फ्रेउलेर र जेकी अमडोउनीले एक एक गोल गरेका थिए । त्यस्तै डेनमार्कका लागि गुस्टभ इसाकसेन र क्रिस्टियन इरिक्सनले एक एक गोल गरेका थिए ।

यी खेलपछि समुह चारमा स्पेन ४ खेलमा १० अंकसहित शिर्ष स्थानमा रहेको छ भने डेनमार्क ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै सर्बिया ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ भने स्वीजरल्याण्ड ४ खेलमा एक अंकसहित चौथो स्थानमा छ ।
      

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.