Connect with us

अन्तर्राष्ट्रिय

भारतलाई हराउदै अफगानिस्तान इमर्जिङ कप टी-२० को फाइनलमा

Published

on

ओमानमा जारी एसीसी मेन्स इमर्जिङ कप टी-२० प्रतियोगितामा अगफगानिस्तान ए ले भारत ए लाई पराजित गर्दै फाइनलमा पुगेको छ ।

इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तान ए ले भारत ए माथि २० रनको जित हासिल गर्दै फाइनलमा पुगेको हो ।

अफगानिस्तान ए ले दिएको २०७ रनको लक्ष्य पछ्याएको भारत ए ले निर्धारित २० ओभरमा १८६ रन मात्र बनाएपछि खेल २० रनले हारेको थियो । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ए ले २० ओभरमा ४ विकेट गुमाएर २६ रन बनाएको थियो । 

जितसँगै अफगानिस्तानले एसिसी इमजिङ कपको फाइनलमा पुगेको छ । त्यस्तै यस अघिको सेमिफाइनलमा श्रीलंका ए ले पाकिस्तान ए लाई पराजित गर्दिया फाइनलमा पुगेको थियो ।

अब फाइनलमा अफगानिस्तान ए र श्रीलंका ए आइतवार भिड्ने भएका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.