Connect with us

अन्तर्राष्ट्रिय

इजरायलद्वारा इरानमाथि आक्रमण शुरु

Published

on

इजरायलले इरानमाथि आक्रमण शुरु गरेको छ ।

इजरायली सेनाले अक्टोबर १ मा इरानले गरेको आक्रमणको बदलास्वरूप इरानविरुद्ध आक्रमण शरू गरेको जानकारी दिएको छ । इजरायली सेनाले इरानको सैनिक अड्डाहरुलाई निशाना बनाउने जानकारी दिएको छ । सेनाका प्रवक्ताले इजरायलले इरानविरुद्ध आक्रमण शुरु गरेको जानकारी दिदै आफ्नो देशको रक्षागर्न जुनसुकै कदम पनि चाल्ने चेतावनी दिएका छन् ।

यसैबीच इजरायलले आक्रमण शुरु गरेको जानकारी दिएसँगै इरानले आफ्नो एयर स्पेस बन्द गरेको बताइएको छ भने इरानक कैयौं ठाउमा विस्फोटको अवाज आएको मिडिया रिपोर्टमा उल्लेख छ ।

त्यस्तै अमेरिकाले भने इजरायलको इरानमाथिको आक्रमण बारे टिप्पणी गर्दै आफुहरु यस आक्रमणमा सहभागी नभएको स्पष्ट गरेको छ  ।

अक्टोबर १ मा इरानले हज्बुल्लाहका नेता हसन नासरल्लाहको हत्या गरेको आरोपमा इजरायलमाथि २०० सय भन्दा बढी मिसाइल आक्रमण गरेको थियो । सो मिसाइल आक्रमणलाई इजरायलले लगभग असफल बनाएको थियो । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.