Connect with us

अर्थ

राष्ट्र बैंकले आईतबारका लागि सार्वजनिक गर्‍यो विदेशी मुद्राको विनिमय दर

Published

on

नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आईतबार अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । 

आईतबार युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ०२ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ६४ पैसा तोकिएको छ । यसैगरी बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, आईतबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा तोकिएको छ यसैगरी, क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ११ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५२ पैसा रहेको छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३६ पैसा कायम गरेको जनाइएको छ । 
उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आईतबार ३० रूपैयाँ ४३ पैसा र बिक्रीदर ३० रूपैयाँ ५६ पैसा कायम गरेको छ ।

यसैगरी, आईतबारको लागि कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.