Connect with us

समसामयिक

सैफ अली खानलाई छुरा प्रहार गर्ने व्यक्ति बंगलादेशी

Published

on

बलिउड अभिनेता सैफ अली खानलाई छुरा प्रहार गर्ने व्यक्ति बंगलादेशी नागरिक हुनसक्ने मुम्बई प्रहरीले जनाएको छ । सैफमाथि भएको आक्रमणबारे मुम्बई पुलिसले आज बिहान पत्रकार सम्मेलन गर्दै आरोपीबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा जोन–९ का डीसीपी गेदाम दीक्षितले भने, “अभियुक्त बंगलादेशी भएको आशंका गरिएको छ । उनीसँग भारतीय कागजात छैन ।” बलिउड अभिनेता सैफ अली खानको बान्द्रास्थित आफ्नै घरमा बिहीबार बिहान छुरा उनीमाथि प्रहार भएको थियो । त्यसपछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार आरोपीहरूले सैफ अली खानको घरमा प्रवेश गर्न भवनको सिँढी प्रयोग गरेका थिए, जुन आगोको घटनाबाट बच्न प्रयोग गरिन्छ । बीबीसी

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.