Connect with us

समसामयिक

अल्लु अर्जुनको निवासमा आक्रमण भए पछि उनका पिताले मुख खोले

Published

on

 ‘पुष्पा २’ रिलिजको क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड हुँदा एक महिलाको मृत्यु भएको घटनाले थप बहस निम्त्याएको छ । 

सो घटनामा परी एक बालक गम्भीर घाइते भए पछि  स्थीति नसोचेको हुन पुगेको थियो । सोही कारण स्थानीय प्रहरीले सुपरस्टार अल्लु अर्जुनलाई डिसेम्बर १३ मा उनको घरबाट पक्राउ गरेको थियो ।

मुख्यमन्त्री रेवन्त रेड्डीले प्रहरी कारबाहीको बचाउ गर्दै अल्लु अर्जुनलाई लापरवाही गरेको आरोप लगाएका थिए। भागदौडमा एक महिलाको मृत्यु भएपछि हैदरावादका जनता आक्रोशित छन् र अल्लु अर्जुनप्रतिको आक्रोश बढ्दै गएको छ ।

अल्लु अर्जुनको हैदराबादस्थित घरमा उस्मानिया विश्वविद्यालयका केही व्यक्तिहरूले आक्रमण गरेका थिए। प्रदर्शनकारीले अभिनेताको घरमा ढुङ्गा हाने र सन्ध्या थिएटरमा महिलाको मृतकका लागि न्यायको माग गरेका थिए । यससँगै प्रदर्शनकारीले  ‘पुष्पाभाउ’ विरुद्ध नारा लगाएका छन् ।

उता, छोरामाथि भईरहेको निरन्तर आक्रमणपछि अभिनेताका पिता अल्लु अरविन्दले मौनता तोडेका छन् ।

‘पुष्पाका बुवाले कानुनमा विश्वास गर्न आग्रह गरेका छन । छोराको घरमा हमला पछि अल्लु अरविन्दले पत्रकारसँग कुरा गर्दै भने, ‘हाम्रो घरमा के भयो सबैले देखे, तर धैर्यता राखेर परिस्थितिअनुसार काम गर्ने बेला हो यो।’ आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको पनि उनले बताए । 

उनले अगाडी भने,  ‘यहाँ मिडिया भएकोले मात्रै प्रतिक्रिया दिएको होइन, अहिले धैर्यताको बेला आएकोले पनि प्रतिक्रिया दिएको छु । कानुनले आफ्नो बाटो लिन्छ।’

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.