Connect with us

राजनीति

राष्ट्रपतिबाट प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक बोलावट

Published

on

राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार दिउँसो चार बजे प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाएका छन्। राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै सार्वदलीय बैठक बोलाएका हुन् ।

हिजो अपरान्ह मात्र राष्ट्रपति पौडैल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो । भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र त्यसअनुसार सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई जानकारी गराएकी थिइन् । उनीहरुबीच सर्वदलीय बैठक बोलाउने सल्लाह भएको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.