Connect with us

समसामयिक

जित्नै पर्ने दबाबबिच नेपाल बहराइनसँग भिड्दै

Published

on

नेपाली महिला क्रिकेट टोलीले आज बहराइनविरुद्ध खेल्दैछ । 

थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज बहराइनविरुद्ध खेल्न लागेको हो । नेपाली समय अनुसार सो खेल १२ः ३५ बजेदेखि शुरु हुनेछ ।

नेपालले जारी प्रतियोगिताको पहिलो खेलमा हङकङ चाइनाविरुद्ध बर्षाले रद्ध भएपछि १–१ अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो ।

नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्नका लागि लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । कुल ९ देशले भाग लिइरहेको एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ ।

नेपाली टोलीः 
लइन्दु बर्मा (कप्तान)  पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.