निरन्तरको वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको बहाव छ ।
गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सेकेण्ड थियो । रातिदेखि नै वर्षाकम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको उनले बताए ।
अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएको उपरीक्षक निर्मल थापाले बताए । आइतबार विहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो ।