काठमाडौं उपत्यका प्रहरी परिसरले ‘बिट’ मा खटेका आफ्ना सबै युनिटहरुलाई वृत्तलाई फिर्ता बोलाएको छ ।
हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङसहितको टोली आज अपरान्ह पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसर भद्रकाली पुगेको थियो । प्रहरीले जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी दर्ता गर्न इन्कार गर्यो ।
त्यसपछि ‘सडकबाटै देखाइदिन्छौ’ भन्दै गुरुङको टीम फर्किएपछि प्रहरीले सम्पूर्ण बिटका प्रहरीलाई वृत्तमा तानेको हो । काठमाडौं उपत्यका प्रहरीको ‘भिक्टर कन्ट्रोल’ कल साइनबाट बेलुकी साढे ७ पछि बिटका प्रहरी रिजर्भ फोर्सका लागि वृत्तमा फिर्ता बोलाएको हो ।
काठमाडौं उपत्यकामा ६० वटा युनिट छन् ।