Connect with us

अर्थ

फोर्ब्सको ‘३० अन्डर ३०’ सूची नेपाली मुलका अजर राजभण्डारी

Published

on

नेपालमा जन्मिएर अमेरिकालाई मुकाम बनाएका अजर राजभण्डारी चर्चित आर्थिक म्यागजिन फोर्ब्सको ‘३० अन्डर ३०’ सूचीमा समावेश भएका छन्। राजभण्डारी रिटेल एन्ड इकमर्स (२०२६) क्याटेगोरीमा सूचीकृत भएको फोर्ब्सले जनाएको छ। उनले इमोरी युनिभर्सिटीबाट ब्याचलर अफ आर्ट्सरसाइन्स गरेका छन्।

न्युयोर्क बस्ने राजभण्डारी हर्डका संस्थापक हुन्। उनले अमेजन, वालमार्ट, टार्गेट र अन्य मुख्य मार्केटप्लेसहरुमा आफ्नो कम्पनी हर्डमार्फत विभिन्न ब्रान्डहरूको पोर्टफोलियो सञ्चालन गर्छन्। राजभण्डारीको पौरखमा स्थापना भएको एक वर्षमै हर्डले १ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको छ। फोर्ब्सका अनुसार उनले लाखौँ ग्राहकहरूबाट हजारौँ ‘फाइभस्टार’ रिभ्यु पाएका छन्।

उनको कम्पनीले तीनवटा ब्रान्डको स्वामित्व लिएको छ। तिनमा इलेक्ट्रोनिक्स बिक्रीकर्ता मिनि माइक प्रो र सौन्दर्य बिक्रेता ट्रान्स्सेन्डलगायत छन्। हर्ड यही वर्ष पाँचवटा नयाँ ब्रान्ड विस्तारको योजनामा रहेको फोर्ब्सले उल्लेख गरेको छ। जसमा इलेक्ट्रिक डग कलरदेखि कार अड्याप्टरहरुसम्म छन्। राजभण्डारीका अनुसार मिनी माइक प्रो अमेजनमा उच्च बिक्री हुनेमा पर्छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.