Connect with us

अर्थ

सेजनको अध्यक्षमा भागवत भट्टराई विजयी

Published

on

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा भागवत भट्टराई विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी विश्वास रेग्मीलाई १८ मतले पराजित गर्दै भट्टराई विजयी भएका हुन्। भट्टराईले ११० मत पाए भने उनका प्रतिद्धन्द्धी रेग्मीले ९२ मत पाए।

भट्टराई यसअघि उपाध्यक्षमा पराजित भएका थिए भने रेग्मी महासचिव थिए। महासचिवमा कमल बस्नेत निर्वाचित भएका छन्। कोषाध्यक्षमा केशु लामिछाने निर्वाचित भएकी छन्। महासचिवमा अच्युत पुरी र कोषाध्यक्षमा ममता थापा पराजित भए।

उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित सर्वसम्मत भएका थिए। सदस्य अर्जुन तामाङ, कमल धिताल, भोजराज भण्डारी, राजु बाँस्कोटा, सीमा तामाङ निर्वाचित भएका छन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.