महोत्तरीको बर्दिबास नगरपालिका–११, खयरमारामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौं आउँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिएका छन्।
दुर्घनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका र सबैको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको बमको भनाइ छ ।