काठमाडौंको शंखरापुर नगरपालिका– ३, फेदी जंगलमा यात्रुवाहक बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । जर्सिङपौवामा बनभोज मनाएर साँखुतर्फ फर्किने क्रममा आज साँझ महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका भनाइमा बस सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ । सुवेदीले बसमा करिब ४० जना यात्रु रहेको अनुमान गरिएको बताए ।
ूदुर्घटनालगत्तै घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पताल पुर्याइएको छ । त्यही क्रममा तीनजनाको मृत्यु भएको छ ।