Connect with us

समसामयिक

चितवनको सडक सुचारु, रोकिएका सवारीसाधन गन्तव्यतिर

Published

on

जोखिम कम गर्न गएराति चितवनमा रोकिएका सवारी साधनलाई विहानैबाट गन्तव्यतर्फ पठाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले राजधानी काठमाडौं, पोखरा जान तथा आउन राति ९ बजेपछि चितवनको सडक बन्द गरेको थियो ।

मुग्लिन नारायणगढ र मुग्लिनदेखि काठमाडौंको सडक राति यात्रा गर्न जोखिम भएको भन्दै चितवनको सडकमा रोकिएको थियो । राति रोकिएको सवारीसाधन आज विहान ६ बजेबाट गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिएका छन् । नारायणगढबाट पोखरा र काठमाडौं जाने सवारीसाधन नारायणगढको आपटारीमा रातभर रोकिएको थियो ।

पोखरा तथा काठमाडौंबाट तराइ आएका सवारी साधन चितवनको सिमाना मुग्लिनलगायतको स्थानमा राति रोकिएको थियो । पूर्व पश्चिम राजमार्ग भने यथावत सञ्चालन भएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.