Connect with us

समसामयिक

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

Published

on

तनहुँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक पुस्तकालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ । पुरानो भवन जीर्ण भई पुस्तकहरूमा ठूलो क्षति पुगेपछि नयाँ भवन निर्माण गरिएको हो ।

पुरानो भवनमा धमिराले पुस्तकहरू नष्ट गर्न थालेपछि पछिल्ला तीन वर्षदेखि नेपाल रेडक्रस सोसाइटी, देवघाटको भवनमा अस्थायी रूपमा पुस्तकालय व्यवस्थापन हुँदै आएको थियो । बहुमूल्य तथा दुर्लभ पुस्तकको संरक्षण गर्न कठिनाइ भइरहेको अवस्थामा नयाँ भवन निर्माणले राहत मिलेको पुस्तकालय भवन निर्माण समितिका संयोजक शिवराज पौडेलले जानकारी दिए । उनका अनुसार भवन निर्माण सम्पन्न भए पनि व्यवस्थापकीय कामहरू अझै बाँकी छ ।

देवघाट गाउँपालिका, गण्डकी प्रदेश सरकार, देवघाट–५ वडा कार्यालय, देवघाट क्षेत्र विकास समिति, विद्यापीठ, समुदायमा आधारित सङ्घसंस्था, आश्रम, शिक्षाप्रेमी, उद्योगी, व्यवसायी तथा सर्वसाधारण दाताहरूको आर्थिक सहयोगमा नयाँ पुस्तकालय भवन निर्माण गरिएको पौडेलले जानकारी दिएका छन् ।

हाल पुस्तकालयमा दश हजारभन्दा बढी पुस्तक छन् । जसमध्ये करिब ३५ प्रतिशत धार्मिक तथा आध्यात्मिक पुस्तक र बाँकी साहित्य, बालशिक्षा, दर्शनशास्त्रलगायत विभिन्न विधाका पुस्तक छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.