Connect with us

राजनीति

दुर्गा प्रसाईलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याइँदै

Published

on

चैत १५ गते उपद्रव मच्चाएर भागेपछि हिजो भारतको आसामबाट समातिएका दुर्गा प्रसाईंलाई आज १२ः१० बजे बुद्ध एअरको उडानबाट काठमाडौं ल्याइँदै । प्रसाई यसबेला जिल्ला प्रहरी कार्यालय भद्रपुरको हिरासतमा छन्।

काठमाडौं विमानस्थलबाट प्रहरी परिसर काठमाडौंले जिम्मा लिएपछि राज्यविरुध्दको अपराधअन्तर्गत जिल्ला अदालतबाट म्याद थपेर उनीमाथि थप अनुसन्धान अघि बढाइनेछ । १५ गते उनैको नेतृत्वमा भएको राजावादी प्रदर्शनमा भएको ४६ करोडको क्षति र दुई जनाको ज्यान जाने घटनाको निम्ति उनलाई जिम्मेवार ठहर्याई सोहीबमोजिम सजायको मागदावी गरिने बुझिएको छ ।

दुई देशवीच पशुचोरी र ओसारपसार नियन्त्रण गर्ने सम्झौता छ । तर मानव अपराधी एकार्काको देशमा गई लुकिछिपी बसेमा समातेर औपचारिक रुपमा सुपुर्दगी गर्ने सन्धि नहुँदा गुपचुप लिने/दिने कारोवार गर्नु पर्ने बाध्यता छ ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत बिशेष ब्युरोबाट खटिएको टोलीले उनलाई मेची सिमानामा आजै औपचारिक रुपमा भारतीय प्रहरीबाट बुझी लिएको हो ।

प्रसाईले हिजै साँझपख आसाम प्ररी समक्ष आत्मसर्मपण गरेका भए पनि नेपाल प्रहरीले प्रेस नोट जारी गरेर पक्राउ नपरेको जनाएको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.