Connect with us

राजनीति

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन

Published

on

आज नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । सदस्यता विवादका कारण  पटक पटक स्थगित हुँदै आएको पत्रकार महासंघको निर्वाचन आज हुन लागेको हो ।

आगामी तीन वर्षको नेतृत्वका लागि अध्यक्षको प्रत्यासीमा निर्मला शर्मा, रमेश बिष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा मैदानमा छन् ।

प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलवाट शर्माले उम्मेदवारी दिएकी हुन् भने बिष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समुहवाट उम्मेदवारी दिएका हुन् । सापकोटा भने स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा उत्रदैँछन् । 

यसैगरी, बरिष्ठ उपाध्यक्षका लागि युनियन र चौतारीवाट दिपक आचार्य तथा प्रेस सेन्टर र समाजवादी प्रेसवाट रोशन पुरी मुख्यतयाः मैदानमा देखिएका छन् । 

महिला उपाध्यक्षमा नितु पण्डित र गंगा बराल पौडल मैदानमा छन भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साह बिच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

उता, महासचिवमा चौतारी र युनियनवाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीवाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी मैदानमा देखिएका छन् ।

यसपटक महासंघमा चौतारी र युनियन तथा सेन्टर र समाजवादी संगठनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.