Connect with us

समसामयिक

एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनामले सम्मानित गरिने

Published

on

इन्दीप कोइराला

नेपाल कराते महासंघले कराते खेलाडी एरिका गुरुङ लाई ‘हिमालयन वारियर’ उपनामले सम्मानित गर्ने घोषण गरेको छ । 

मधेस प्रदेशस्थित निजगढमा सम्पन्न भएको दोस्रो साधारण सभाले कराते खेलाडी एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनामबाट सम्मानित गर्ने घोषण गरिएको हो ।

महासंघको साधारण सभाले विश्व कराते महासंघको निर्देशन अनुसार महासंघको विधानमा आवश्यक संशोधन गर्ने, प्रशासनिक तथा व्यवस्थापन सम्बन्धी नियमावली, कार्यविधि तथा निर्देशिका २०८१ अनुमोदन गर्ने निर्णय गरेको महासंघका कोषाध्यक्ष किशोरप्रसाद भट्टराईले बताए । 

कोषाध्यक्ष भट्टराईका अनुसार उक्त सभाबाट राष्ट्रिय टिम तयारीका लागि प्रमुख प्रशिक्षक र टिम म्यानेजर सम्बन्धी कार्यविधि, राष्ट्रिय कराते एकेडेमीको कार्यविधि र प्रतियोगिता व्यवस्थापन कार्यविधि पारित गर्ने निर्णय समेत गरिएको छ ।

यस्तै महासंघमा रिक्त पदहरूमा अध्यक्षलाई मनोनयन गर्ने अधिकार प्रदान गरेको छ भने राष्ट्रिय टिम प्रशिक्षक कुशल श्रेष्ठ, मन्डे काजी श्रेष्ठ र राष्ट्रिय टिम छनौट समिति संयोजक दावा गुरुङ्ग र सदस्यहरूलाई २ वर्षको पदक उपलब्धिका लागि धन्यवाद समेत सभाले व्यक्त गरेको हो । 

सभाले महासचिव र कोषाध्यक्षको प्रस्तुत गरेको प्रतिवेदन समेत सर्वसम्मतिबाट पारित गरिएको छ । महासंघका अध्यक्ष युवराज लामाले भावी योजना, तर्जुमा कार्यक्रम र रणनैतिक योजनाहरु सहित कराते खेलले हाशिल गरेको उपलब्धिहरु सबैको योगदानले प्राप्त भएको बताए । 

कार्यक्रममा ७ प्रदेशका ३५ प्रतिनिधि, विभिन्न कराते संघका १४ कार्यसमिति सदस्य, १७ पर्यवेक्षक, तथा २१ विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.