Connect with us

समसामयिक

करातेकी एरिका र क्रिकेटका दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी

Published

on

करातेकी एरिका गुरुङ लगातार दोस्रो पटक एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन्।

आज पोखरामा भएको पल्सर स्पोर्टस् अवार्डमा करातेकी एरिकाले वर्ष महिला उत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन्। एरिकाले प्लेयर अफ दि इयर २०८० र २०८१ मा लगातार अवार्ड हात पारेकी हुन्।

पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड क्रिकेटका दीपेन्द्रसिंह ऐरीले पाएका छन्। राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका हुन्।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको २२औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा भलिबलका हिमाल सुनारीले पिपुल्स च्वाइस अवार्ड जितेका छन्। गण्डकी प्रदेशका हिमालले सर्वाधिक मत ल्याउँदै पिपुल्स च्वाइज अवार्ड जितेका हुन्।

वर्ष प्रशिक्षकको अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामाले पाएका छन्। पारा एथलिट अवार्डबाट प्रभा आङदेम्बे पुरस्कृत भएकी छन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.