Connect with us

अर्थ

विनिमयदर: डलरको भाउ घट्याे, युराेकाे भाउ बढ्याे

Published

on

 नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको भाउ ३९ पैसाले घटेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम गरिएको छ । शुक्रबार एक ओमरिकी डललको खरिददर १३९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६९ रहेको थियो । 

आइतबार यूरोपियन युरो एकको खरिदमूल्य १५० रूपैयाँ ४९ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ १४ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैपाँले ४७ पैसाले बढेको हो । यसअघि शुक्रबार एक युरो खरिदमूल्य १५० रूपैयाँ ०२ पैसा र बिक्रीमूल्य १५० रूपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।   

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७९ रूपैयाँ १७ पैसा र बिक्रीदर १७९ रूपैयाँ ९५ पैसा कायम गरिएको छ ।  यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४० पैसा र बिक्रीदर ८७ रूपैयाँ ७८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३३ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ४० पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ४४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा तथा बिक्री दर १९ रूपैयाँ २५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६३ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ०५ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ २२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९७ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ २५ पैसा र बिक्रीदर ४५२ रूपैयाँ २० पैसा र बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ५१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.