Connect with us

अर्थ

सत्तारूढ सांसद अनुपस्थित भए पछि अर्थ समितिको बैठक स्थगित

Published

on

अर्थ समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । बैठकमा कोरम नपुगे पछि सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको हो ।

आज बोलाइएको बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून भए पछि बैठकका लागि गणपूरक सङ्ख्या नपुगेको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो ।

बैठकमा अर्थमन्त्रीको समेत उपस्थिति हुने बताइए पनि कोरम नपुगे पछि अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.