Connect with us

अर्थ

खाद्य संस्थानले बेच्न थाल्यो खसीबोका र च्यांग्रा, यस्तो छ मूल्य सूची

Published

on

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज आइतबारदेखि खसीबोका र च्यांग्राको बिक्री सुरु गरेको छ । खाद्यले यस वर्षको दसैँमा एक हजार ७०० खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ । खाद्यले गत वर्षको दसैँमा तीन हजार खसीबोका र च्यांग्रा खरिद गरी बिक्री गरेको थियो । तर, यस वर्ष आधा जसो घटाएको छ ।

यस वर्षको् दसैँलाई एक हजार ४०० खसीबोका र ३०० च्यांग्रा खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । खाद्य संस्थानका अनुसार दाङ, नवलपुर र वीरगन्जबाट एक हजार ४०० खसीबोका र मुस्ताङबाट ३०० वटा च्यांग्रा खरिद गरिएको छ । यो वर्ष दाङबाट ४००, नवलपुरबाट ५०० र वीरगन्जबाट ५०० गरी कुल एक हजार ४०० खसीबोका खरिद गरिएको हो ।

खसीबोकाको मूल्य प्रतिकेजी ६६० रुपैयाँ र च्यांग्राको मूल्य प्रतिकेजी १२२० रुपैयाँ तोकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ० रमेश आचार्यले जानकारी दिएका छन् । थापाथलीस्थित प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्राको बिक्री भइरहेको उनको भनाइ छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.