Connect with us

अर्थ

नेपाल ट्रष्टको जग्गा भाडा प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ

Published

on

नेपाल ट्रस्टको जग्गा प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका १ दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालि बीच भाडामा दिने दिने-लिने करार सम्झौतामा बदनीयत देखिएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ।

अनुसन्धानका क्रममा ट्रस्टका पूर्वसचिव कार्कीको पनि संलग्नता देखिएको भन्दै सीआईबीले पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले बताएका छन् । कित्ता नम्बर ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता ४६०५ समेत थप गरी लिजमा दिने कार्य गरेको सीआईबीको दाबी छ। निर्माण अवधि ३ वर्षसहित ३० वर्षको लागि लिजमा दिने सम्झौता गर्दा नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालिन हानी नोक्सानी पुर्‍याएको सिआईबीकोके अनुसन्धानले देखाएको छ ।

नेपाल ट्रष्ट र थामसेर्कु ट्रेकिङबीच २०७४ जेठ १४ गते करार सम्झौता भएको थियो। विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरूले गैर कानुनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ। यसअघि कात्तिक २१ गते सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा दोलखाको जिरी नगरपालिका ६ घर भई तत्कालिन नेपाल ट्रष्टको कार्यालयमा सचिव पदमा रहेका (हाल सेवा निवृत्त) अर्जुन कुमार कार्कीको समेत संलग्नता खुलेकाले पक्राउ गरेर अनुसन्धान गरेको सीआईबी प्रवक्ता श्रेष्ठले बताए।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.