Connect with us

राजनीति

रौतहटका सात पालिकामा ३५ सयको निःशुल्क आँखा जाँच

Published

on

रौतहटको सदरमुकाम गौर पुरेनवास्थित वीर दल गण नेपाली सेनाको पहलमा जिल्लाको छुट्टाछुट्टै सात वटा पालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ३५ सय भन्दा बढी आँखाका बिरामी लाभान्वित भएका छन्।

शिविर सफलतापूर्वक भूमिका खेल्दै सहयोग गरेका ती पालिका प्रमुखहरूलाई नेपाली सेनाले सम्मान गरेको छ।

गणपति कर्णेल किशोर अधिकारीको सक्रियतामा नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा प्रतिष्ठान, तिलगंगा आँखा अस्पताल निजगढ  र वीरदल गणको संयुक्त आयोजनामा सात पालिकामा सञ्चालन गरिएको हो। निःशुल्क शिविरमा कुल ३ हजार ५१० जना बिरामीको आँखा स्क्रिनिङ तथा जाँच गरिएको थियो।

कटहरिया, गरुडा, राजपुर, गुजरा, गढीमाई, पर्रोहा, र चन्द्रपुर नगरपालिकामा भएको जाँचमा मोतिबिन्दु भएका ५८१ बिरामीको गरुडा महमदपुरस्थित स्वास्थ्य केन्द्रमा केही दिनअघि शिविर सञ्चालन गरी निःशुल्क अप्रेसन गरिएको कर्णेल अधिकारीले जानकारी दिएका छन्।

निःशुल्क शिविर सम्पन्न गराउन सहयोगीहरु गरुडाका मेयर कन्थमणि जैसवाल, कटहरियाका मेयर अजय प्रकाश जैसवाल, गुजराका मेयर सन्तलाल चौधरी, परोहाका मेयर शेख वकील, राजपुरका मेयर महमद राजिक आलम, चन्द्रपुरका मेयर सञ्जय काफ्ले र गढीमाइका मेयर श्यामबाबु यादवलाई वीरदल गणका गणपति कर्णेल अधिकारीले कदरपत्र प्रदान गरी सम्मान गरेका थिए।

कर्णेल अधिकारीको सक्रियतामा रौतहटमा विभिन्न किसिमका जनमुखी रचनात्मक काम हुँदै आएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.