Connect with us

समसामयिक

हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक आजदेखि सञ्चालनमा आउने

Published

on

असोज १०-१२ को बाढीपहिरोले क्षतिग्रस्त हेटौंडा(काठमाडौ छोटो दूरीको वैकल्पिक मार्ग आज आइतबार साँझदेखि सञ्चालनमा आउने भएको छ । हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक आज साँझदेखि सञ्चालनमा आउने भएको हो ।

बाढीले क्षतिग्रस्त सिमखोलामा डाइभर्सन र महालक्ष्मी खोलामा सडक निर्माण गने कार्य सकिएपछि आजदेखि सडक सञ्चालनमा आउन लागेको हो ।

हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक कुलेखानी ड्याममुनिको सिमखोला र महालक्ष्मी खोला नजिकको सडक बाढीपहिरोले क्षति पुर्‍याएपछि असोज १२ गतेदेखि अवरुद्ध रहेको थियो । बाढी पहिरो थामिएसँगै एक साता लामो प्रयासपछि दुवै स्थानमा सडक खोल्ने काम गरेर सवारी साधन सञ्चालनका लागि अन्तिम चरणमा पुर्‍याइएको हो ।

कुलेखानी ड्यामले पुल बगाएपछि डाइभर्सन बनाइएको छ भने महालक्ष्मी खोलानजिक नयाँ सडक बनाइएको छ । अहिले पनि हेटौंडाबाट कुलेखानी ड्यामसम्म र फाखेलबाट फर्पिङसम्मको सडक सञ्चालनमा छ । सिमखोला र महालक्ष्मी खोला अन्तरगत मात्र सडक अवरुद्ध थियो ।

यी दुई स्थानमा पुनर्निर्माण गरेसँगै हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ काठमाडौं र कुलेखानी-भीमफेदी-चखेल-मातातीर्थ हुँदै सवारी साधन थानकोट आवतजावत गर्ने अवस्था आएको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.