Connect with us

राजनीति

झापा ५ मा बालेनले ११ बजे, ओलीले १ बजे उम्मेदवारी दर्ता गराउने

Published

on

आउने फागुन २१ गते हुने प्रतिनिधि सभाका निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता गरिँदै छ। यसै क्रममा तातो केन्द्र बनेको झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दर्ता गराउँदै छन्। जो एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाका निर्वतमान मेयर शाहले आज बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने तालिका छ। दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोर नजिकैबाट बाजागाजासहितको टोलीका साथ उनी उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय पुग्ने कार्यक्रम छ।

यस्तै त्यही क्षेत्रबाट चुनाव लडिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै छन्। अध्यक्ष ओलीले निर्वाचन क्षेत्र नम्बर ५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी झापा ५ का संयोजक नारायणप्रसाद गौतमले बताएका छन् । पूर्वप्रधानमन्त्री ओलीले आज बिहानै सामाजिक सञ्जालमार्फत आज विशेष दिन भएको बताएका छन्।

उनले लेखेका छन्, ‘शुभ बिहानी ! हाम्रो लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदै छ। हामीलाई पूरा विश्वास छ( हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। हामी नेपाली सबैको जय होस् !’

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.