Connect with us

अन्तर्राष्ट्रिय

भारतले अब अमेरिकाबाट धेरै तेल र प्राकृतिक ग्याँस पनि किन्ने

Published

on

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका कारण भारत र अमेरिकाबीच धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको खुलेको छ । 

ट्रम्पले यस द्विपक्षीय बैठकमा मोदीलाई भने कि भारतले अब अमेरिकाबाट धेरै तेल र प्राकृतिक ग्याँस पनि किन्नेछ। यसले दुई देशबीचको व्यापार घाटा कम गर्न मद्दत गर्ने ट्रम्पको विश्वास रहेको छ ।

यति मात्र होइन, बिदेश सचिवले पनि एक विज्ञप्तिमार्फत अमेरिकावाट पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँस खरिद गर्ने जनाएका छन । यस्तो अवस्थामा भारतले अमेरिकाबाट बढी तेल किन्ने हो भने मुस्लिम देशको के होला ? यो सम्झौताले मुस्लिम देशहरूमा कत्तिको प्रभाव पार्छ ? यसको बहस पनि सुरू हुन थालेको छ ।

पहिले जानौं भारतका विदेश सचिवले के भने ? त्यसपछि यो बहस सुरु भएको हो । हालै परराष्ट्र सचिव विक्रम मिश्रीले अमेरिकाबाट तेल र ग्याँस आयात वार्षिक १५ अर्ब डलरबाट २५ अर्ब डलर पुग्ने सम्भावना रहेको बताएका छन् । यस्तो अवस्थामा प्रश्न उठ्छ कि भारतले अमेरिकासँगको व्यापार १० डलरले मात्रै बढयो भने मुस्लिम देशहरूमा कति असर पर्छ ?

बीबीसीका अनुसार भारतले विश्वका ३० भन्दा बढी देशबाट तेल किन्ने गरेको आर्थिक विज्ञहरू बताउँछन् । भारत अझै पनि विश्वमा तेलको तेस्रो ठूलो उपभोक्ता र दोस्रो ठूलो आयातकर्ता हो। सकेसम्म धेरै देशबाट तेल किन्न भारतको कूटनीतिको एउटा हिस्सा मानिन्छ। त्यसैले अमेरिकासँगै भारतले साउदी अरेबिया, युएई, रुस, इराक र कुवेत जस्ता धेरै देशबाट तेल आयात गर्छ ।

भारतको उपभोग यति धेरै छ कि अमेरिकातिर सरयो  भने पनि अरु देशलाई खासै फरक नपर्ने विश्वास गरिन्छ । आर्थिक मामिलाका जानकार तथा उर्जा विज्ञ नरेन्द्र तनेजाका अनुसार भारतले विश्वका ३० भन्दा बढी देशबाट तेल र ग्याँस आयात गर्छ । जसअनुसार भारतले दैनिक ५५ लाख ब्यारेल तेल खपत गर्छ ।

‘भारतले कुनै एक देशमा भर पर्न खोजेको छैन किनभने कहिलेकाहीँ युद्ध, भूकम्प वा कुनै प्राकृतिक प्रकोपका कारण तेल आपूर्ति बन्द हुन्छ। त्यसैले हामीले धेरै देशबाट तेल लिँदा जुनसुकै देशमा अवरोध आए पनि त्यसोभए अन्य देशबाट खरिदहरू बढाएर व्यवस्थित गर्न सकिन्छ। यो फाइदा भारतले यो सम्झौतामा पनि प्रयोग गर्नेछ, भारतले कुनै पनि देशबाट आपूर्तिमा उल्लेख्य कमी आउन नदिने र अमेरिकाबाट पनि तेल आयात गर्नेछ,’ उनले भने ।

तर, भारतले मुस्लिम देशहरूबाट अलिकति कम तेल लिन थाले पनि त्यसले खासै असर गर्दैन किनभने साउदी अरेबिया, यूएईजस्ता धेरै खाडी देशहरू तेलमा आधारित अर्थव्यवस्था परिवर्तन गर्न चाहिरहेका छन । किनभने, यी सबै देशहरूले तेलको निर्भरताको भविष्य छैन भन्ने बुझेका छन्। त्यसैले यदि भारतले अमेरिकाबाट बढी तेल किन्यो भने यी मुस्लिम देशहरूलाई खासै असर पर्दैन। ती देशहरू पनि अब तेलको सट्टा अन्य उत्पादनहरू बेच्न इच्छुक छन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.