Connect with us

समसामयिक

श्रीमती बलात्कार गरेको अभियोग लागेका न्यायाधीशले पाए सफाई

Published

on

आफ्नै श्रीमतीले बलात्कार लगायतका मुद्धा दायर गरेपछि थुनामा पुगेका एक न्यायाधीशलाई उच्च अदालत पाटनले अभियोग दाबीबाट सफाई दिएको छ । 

काठमाण्डौ जिल्ला अदालतले अभियोग ठहर गरेर थुनामा पठाएको न्यायाधीश गिरीलाई उच्च अदालत पाटनले आज सफाई दिएको हो । 

न्यायाधीशहरु लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको ईजलाशले गिरीलाई सफाई दिएको अधिवक्ता बासु ज्ञवालीले जानकारी दिए । 

कपिलबस्तु जिल्ला न्यायधीश भएकै बेला पक्राउ परेका गिरीलाई श्रीमतीले बैवाहिक बलात्कारदेखि बिभिन्न आरोप लगाएकी थिईन् । ईजालासमै बिष सेवन गर्ने देखि ईजलास प्रभाव पार्न अनेक हर्कत गर्ने उनकी श्रीमतीले ईगो साँधेको मुद्दामा जिकिर गरिएको थियो । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.