Connect with us

अर्थ

कालीमाटी बजारः गोलभेडा प्रतिकेजी ९०, आलु प्रतिकेजी ६५

Published

on

 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ३८० रुपैयाँमा खरिदबिक्री भैरहेको छ । कालो अंगुर ३८०, अम्बा १८० रुपैयाँमा खरिदबिक्री भैरहेको समितिले जनाएको छ । 

यसैगरी केरा १५० रुपैयाँ दर्जन, हरियो तरबुजा ८०, लोकल काक्रो १२०, भारतीय मेवा १०० किवि र आभोकाडो २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार लोकल सानो गोलभेडा ६० र भारतीय ठूले गोलभेडा ९०, अदुवा १००, रातो आलु ६५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली १००, लौका ९०, कागती १४०, अकबरे खुर्सानी २५०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ८०, हाइब्रीड गान्टे मूला ७० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १३० र राजमा घिउ सिमी १२० रुपैयाँ, पाकेके फर्सी ३० र तराइ परवर ९० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ६० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग १०० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २८०, भारतीय सुकेको प्याज १००, हरियो प्याज १०० र पुदीना ६०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली १३०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन २५० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७० र हरियो धनिया २०० रुपैयाँ पाइने समितले जनाएको छ ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५० र रहु माछा ३४५ रुपैयाँमा किनबेच भइरहेको छ । 
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.