Connect with us

समसामयिक

कमल थापाले जिते टेनिस उपाधी

Published

on

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै तर्फको टेनिस उपाधी जितेका छन् ।

काठमाडौंको मण्डिखाटारमा आयोजित “AMATEUR TENNIS TOURNAMENT-2025” मा थापाले ६५ बर्ष उमेर समुहको भेट्रान्स सिङ्गल र डबल्स दुबै उपाधी जित्न सफल भएका हुन् ।

आज बिहान भएको फाईनल खेलमा सिङ्गल तर्फको फाईनलमा कर्मा घलेलाई ६-०,६-० को सोझो सेटमा पराजित गरेका थिए । यसैगरी डबल्स तर्फ झ्याम्पा डोन्डुपको आफ्नो जोडीले मनोज राणा र प्रकाशसिंह बोगटिको जोडिलाई ६-२, ६-३ को सेटमा जित निकालेका थिए । थापा टेनिसको भेट्रान तर्फ लामो समयदेखी निरन्तर आफ्नो उमेर समुहको शिर्ष स्थानमा छन् ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.